Logo

महालक्ष्मी विकास बैंकको नाफा २६ प्रतिशतले बढ्यो, गत आबमा कमायो ५६ करोड

महालक्ष्मी विकास बैंकको नाफा २६ प्रतिशतले बढ्यो, गत आबमा कमायो ५६ करोड



काठमाडौं । महालक्ष्मी विकास बैंकले आर्थिक बर्ष २०७४/७५ मा ५६ करोड ११ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको सो नाफा अघिल्लो आबको तुलनामा २६ प्रतिशतले बढि हो ।

बैंकको ब्याज आम्दानीमा बृद्धि र खराब कर्जा उठौतीमा बृद्धि भएसँगै नाफामा बृद्धि भएको हो । सो अबधिमा बैंकले १ अर्ब ७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने खराब कर्जालाई कुल कर्जा प्रबाहको १ दशमलव १२ प्रतिशतमा झार्न सफल भएको छ ।

बैंकले असार मसान्त सम्ममा २७ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ६५ करोड ९५ लाख रुपैयाँ कर्जा प्रबाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्