Logo

चितवन मालपोतको राजस्व ग्लोबल आइएमईबाट, आइतबार देखी सेवा संचालन

चितवन मालपोतको राजस्व ग्लोबल आइएमईबाट, आइतबार देखी सेवा संचालन



काठमाडौं । ग्लोबल आइएमई बैंकले आइतबार देखि मालपोत कार्यालय चितवनको राजश्व संकलन सेवा सुरु गरेको छ ।

बैंकको नारायणगढ शाखा अन्तर्गत संचालन हुने संकलन केन्द्रले चितवनमा रहेको मालपोत कार्यालय परिसरमा काउण्टर स्थापना गरि कार्यालयको राजस्व संकलन गर्न सुरु गरेको हो ।

यस्तै बैंकले यातायात व्यवस्था कार्यालय सतुङगल, पोखरा, इटहरी र वीरगञ्जको पनि राजश्व संकलन गरिरहेको छ ।

बैंकले परराष्ट्र मन्त्रालय राहदानी विभाग, महानगरीय ट्राफिक प्रहरी प्रभाग, त्रिभुवन विश्वविद्यालय र्कीर्तिपुर, अध्यागमन विभाग, उद्योग विभाग परिसर तथा आन्तरिक राजश्व विभागको धरान, जनकपुर, लाहान र तुल्सीपुर, दाङको कार्यालय लगायतका सरकारी कार्यालयहरुमा पनि राजश्व संकलन सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले १ सय ३१ शाखा, १ सय ३२ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, तथा १ सय शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आई रहेको छ ।

बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईबर बैंकिङ, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ सेवा समेत संचालन गर्दै आईरहेको छ ।

बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन अअष्ट्रेलिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिटान्स सेवा संचालन गरी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्