Logo

एनआईसी एशिया र नेशनल लाईफ ईन्स्योरेन्स बीच सम्झौता, सबै शाखा मार्फत बीमा सेवा

एनआईसी एशिया र नेशनल लाईफ ईन्स्योरेन्स बीच सम्झौता, सबै शाखा मार्फत बीमा सेवा



काठमाडौं । एनआईसी एशिया बैंक र नेशनल लाईफइन्स्योरेन्स बीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकले बैंकको सबै शाखामार्फत कम्पनीको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन ।

बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले सम्झौतापत्रमा सोमबार हस्ताक्षर गरेको छ ।

बैंकले २ सय ३३ शाखा, २ सय २० एटिएम, १४ एक्सटेन्सन काउण्टर तथा १५ वटा शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आई रहेको छ ।

बैंकको वासलातको आकार १ अर्ब ७५ करोड रुपैयाँ भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।

बैंकको कुलकर्जा करिब १ अर्ब १९ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL