Logo

एनसीसी बैंक र गुराँश लाईफ बीच सम्झौता, एनसीसीको शाखाबाट गुराँशको बीमा किन्न पाईने

एनसीसी बैंक र गुराँश लाईफ बीच सम्झौता, एनसीसीको शाखाबाट गुराँशको बीमा किन्न पाईने



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले गुराँश लाईफ इन्स्योरेन्ससंग बैंकास्योरेन्स सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार एनसीसी बैंकको हरेक शाखाबाट गुराँश लाईफको पोलीसी कीन्न पाइने छ ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुले गुराँश लाईफ इन्स्योरेन्स को पोलिसी बिक्री गर्नेछन ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र गुराँश लाईफ इन्स्योरेन्स का प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL