Logo

सानिमा बैंकको सामाजिक उत्तरदायित्व, टिच फर नेपाललाई १० लाख रुपैयाँ हस्तान्तरण

सानिमा बैंकको सामाजिक उत्तरदायित्व, टिच फर नेपाललाई १० लाख रुपैयाँ हस्तान्तरण



काठमाडौं । सानिमा बैंकले टिच फर नेपाल (भोलेन्टरी मुभमेन्ट फर एजुकेशन अपलिफ्टमेन्ट) लाई १० लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकले कोन्ज्योसोम शाखा उदघाटन गर्दै शैक्षिक क्षेत्रमा थप टेवा पुर्याउन टिच फर नेपाललाई सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

सरकारी विद्यालयमा पढने नेपालीलाई उच्चस्तरीय शिक्षा दिन विगत ५ वर्ष देखी टिच फर नेपाल यस क्षेत्रमा काम गर्दै आईरहेको छ ।

बैंकले विगत ५ बर्ष देखिनै उपत्यका बाहिरका शाखाहरुबाट विपन्न वर्गका बिद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आएको छ । हाल सम्म बैंकले १ सय ८९ जना बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिसकेको छ ।

बैंकले ६६ शाखा, १ एक्सटेन्सन काउन्टर र ६९ वटा ए.टि.एम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै, आषाढ मसान्त सम्ममा ७४ वटा शाखा विस्तार हुने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL