काठमाडौं । मुक्तिनाथ विकास बैंक र सिटिजन लाइफ इन्स्योरेन्स बीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।
मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
सम्झौता अनुसार इन्स्योरेन्स कम्पनीले जारी गर्ने विभिन्न जीवन बीमा योजनाहरु बैंकको सबै शाखामा उपलब्ध हुनेछ ।
बैंकले ८३ शाखा, १३ ए.टि.एम. मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।
साथै बैंकले ग्राहकहरुलाई आधुनिक, लघुवित्त र ग्रामीण बैंकिङ सेवा समेत उपलब्ध गराउँदै आएको छ ।
बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिटान्स सेवा, बैंकान्स्योरेन्स, आस्वा, भिसाडेविट कार्ड सेवाका साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु समेत उपलब्ध गराउँदै आएको छ ।