Logo

मुक्तिनाथ विकास बैंकको शाखा कोटेश्वरमा, उपत्यकामा थप ४ शाखा विस्तार गर्दै

मुक्तिनाथ विकास बैंकको शाखा कोटेश्वरमा, उपत्यकामा थप ४ शाखा विस्तार गर्दै



काठमाडौं । मुक्तिनाथ विकास बैंकले काठमाडौंको कोटेश्वरमा शाखा विस्तार गरेको छ ।

काठमाण्डौ महानगरपालिका वडा नं.३२, कोटेश्वरमा बुधबार वरिष्ठ इतिहासविद् तथा लेखक डा.सत्यमोहन जोशीले शाखाको उदघाटन गरेका हुन ।

जोशीले नेपाल जस्तो विकासोन्मुख देशमा रहेर पनि मुक्तिनाथ विकास बैंकले आधुनिक, ग्रामीण र लघुवित्त बैंकिङ, सेवा एकै साथ प्रदान गर्नु उल्लेखनीय रहेको बताएका छन । साथै जोशीले बचत खाता खोली औपचारीक रुपमा कारोबार समेत सुरु गरेका हुन ।

कार्यक्रममा बैंकका ब्रान्ड एम्बेसडर सिताराम कट्टेल (धुर्मुस) ले सधैं बैंकसँगै रहने प्रतिबद्धता सहित बैंकको सफलताको शुभकामना व्यक्त गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा जानकारी दिँदै बैंकले लिएको समावेशी वित्तीय पहुँच विस्तारलाई अझै विस्तार गरी लघु उद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने बताए ।

कार्यक्रममा संचालक समितिका सदस्य नारायण कुमार श्रेष्ठले विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्धारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने बताएका छन ।

बैंकको हाल काठमाण्डौ उपत्यका भित्र कोटेश्वर लगायत महाराजगंज, कमलादी, सीतापाईला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँबानेश्वर, चावहील, माछापोखरी र भक्तपुरको कमलविनायक गरी ११ शाखाहरु संचालनमा रहेको छ भने जोरपाटी, ठमेल, कुपण्डोल, बत्तीसपुतलीबाट पनि औपचारिक रुपमा सेवा सञ्चालनको तयारीमा रहेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL