काठमाडौं । जनता बैक र प्रुडेन्सीयल इन्स्युरेन्स कम्पनी बीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र प्रुडेन्सीयल इन्स्युरेन्सका प्रमुख कार्यकारी अधिकृत बि.के. महर्जनले उक्त सम्झौतामा हस्ताक्षर गरेको हो ।
सम्झौता पछि ग्राहकले जनता बैंकको सबै शाखाबाट बीमालेख, प्रिमियम भुक्तानी तथा दाबी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सकिनेछ ।
बैंकले १ सय १९ शाखा, ४० शाखा रहित बैंकिङ, २ सिमित्त बैंकिङ २ एक्स्टेन्सन काउन्टर तथा ६९ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।