काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले सिन्धुपाल्चोकको पिस्करमा आफ्नो ७३ औ शाखा विस्तार गरेको छ ।
बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसारनै शाखा विस्तार गरेको हो ।
बैंकले सय वटा एटिएम तथा ७ वटा एक्स्टेन्सन काउन्टर मार्फत सेवा प्रदान गर्दै आई रहेको छ ।
बैंकको ५७ वटा शाखारहित बैंकिङ सुविधाका साथै ३ सय बढी भिसा तथा एनपिएन सदस्य रहेको बैंकको एटिएम समेत रहेको छ ।