Logo

एनआईसी एशियाको शाखा झापाको चारपानेमा, शाखा संख्या २२५ पुग्यो

एनआईसी एशियाको शाखा झापाको चारपानेमा, शाखा संख्या २२५ पुग्यो



काठमाडौं । एनआईसी एशिया बैंकले झापाको बिर्तामोडमा शाखा विस्तार गरेको छ ।

विर्तामोड नगरपालिका वडा नं २ चारपानेमा विस्तार गरेको उक्त शाखाको विर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले बुधबार एक कार्यक्रम बीच उदघाटन गरेको हो ।

बैंकले देशभरिमा २ सय २५ शाखा, २ सय १८ एटिएम, १४ एक्सटेन्सन काउण्टर तथा ११ वटा शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकको वासलातको आकार १ अर्ब ७६ करोड रुपैयाँ भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।

बैंकको कुलकर्जा करिब १ अर्ब २० करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL