Logo

सिटिजन्स बैंक र स्टार हस्पिटल बीच सम्झौता, सिटिजन्सका ग्राहकलाई स्टार हस्पिटलमा विशेष छुट

सिटिजन्स बैंक र स्टार हस्पिटल बीच सम्झौता, सिटिजन्सका ग्राहकलाई स्टार हस्पिटलमा विशेष छुट



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र स्टार हस्पिटल बीच एक सम्झौता भएको छ ।

मंगलबार बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले तथा अस्पतालका प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीले हस्ताक्षर गरेका हुन ।

उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट÷क्रेडिट कार्डवाहक ग्राहकले स्टार हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउँनेछन् ।

बैंकले हाल देशभरका ७४ वटा शाखा, ७० वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL