काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना शाखाहरुको सेवा समयावधि बढाएको छ । बैंकले आजैबाट लागु हुने गरि काठमाडौं उपत्यका भित्रका १० ओटा शाखा र उपत्यका बाहिरका १० शाखा गरि जम्मा २० ओटा शाखाको सेवा अवधि बढाएको हो । बैंकका ग्राहकले उक्त शाखाहरुबाट आजैबाट विहान ९ बजेदेखि बेलुका ७ बजेसम्म सेवा लिन सक्ने बैंकले जानकारी दिएको छ । उक्त समयावधि आइतबारदेखि विहिबार सम्म लागु हुने पनि बैंकले जानकारी दिएको छ । साथै शुक्रबार भने सेवाग्राहिले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सेवा लिन सक्नेछन ।
यी शाखाहरुबाट लिन सकिन्छ सेवा
- शाखा कार्यालय ठेगाना
- त्रिपुरेश्वर त्रिपुरेश्वर, काठमाण्डौं
- महाराजगंज महाराजगंज, काठमाण्डौं
- सामाखुसी सामाखुसी, काठमाण्डौं
- नयाँ बानेश्वर नयाँ बानेश्वर, काठमाण्डौं
- पुल्चोक पुल्चोक, ललितपुर
- कर्पोरेट कार्यालय थापाथली, काठमाण्डौं
- ठमेल ठमेल, काठमाण्डौं
- न्युरोड, बिशाल बजार न्युरोड, बिशाल बजार, काठमाण्डौं
- न्युरोड, खिचापोखरी न्युरोड, खिचापोखरी, काठमाण्डौं
- कमलादी कमलादी, काठमाण्डौं
- नारायणगढ नारायणगढ, चितवन
- वीरगंज वीरगंज, पर्सा
- पोखरा महेन्द्रपुल, कास्की
- धरान धरान, सुनसरी
- बिराटनगर बिराटनगर मेनरोड, मोरङ्ग
- इटहरी इटहरी, सुनसरी
- बुटवल बुटवल, रुपन्देही
- दमक दमक, झापा
- बिर्तामोड बिर्तामोड, झापा
- नेपालगञ्ज नेपालगञ्ज, बाँके