Logo

राष्ट्रिय वाणिज्य बैकको शाखा तेह्रथुममा, शाखा संख्या १९२ पुग्यो

राष्ट्रिय वाणिज्य बैकको शाखा तेह्रथुममा, शाखा संख्या १९२ पुग्यो



काठमाडौं । राष्ट्रिय वाणिज्य बैकले तेह्रथुमको लालिगुंरास नगरपालिकामा शाखा विस्तार गरेको छ ।

शनिबार विस्तार गरेको उक्त शाखाको बैंक संचालक समितिकका सदस्य रबीन्द्र लाल श्रेष्ठले उदघाटन गरेको हो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बसन्तपुर क्षेत्र ब्यापारिक हिसाबले पनि महत्वपूर्ण भएकाले रावा बैकले स्थानीय जनतालाई आधुनिक बैंकिङ सेवा प्रदान गरि स्थानीय ब्यापारलाई अगाडि बढाउन सहयोग पुर्याउने बताएका छन ।

बैंकले १ सय ९२ शाखा, १ सय ३५ एटिएम र ९३ वटा शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आई रहेको छ ।

चालु आ.व.को तेस्रो त्रैयमास सम्म बैंकले १ खर्व ५३ अर्व रुपैयाँ निक्षेप संकलन तथा १ खर्व १२ अर्व रुपैयाँ कर्जा लगानी गरि ३ अर्व ८ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्