Logo

सिटिजन्स बैंक र ग्रान्डी अस्पतालबीच सम्झौता, सिटिजन्सका ग्राहकलाई उपचारमा छुट

सिटिजन्स बैंक र ग्रान्डी अस्पतालबीच सम्झौता, सिटिजन्सका ग्राहकलाई उपचारमा छुट



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालबीच एक सम्झौता भएको छ ।

विहिबार बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा तथा ग्रान्डी अस्पतालका मार्केटिङ तथा व्यापार प्रवर्धन प्रमुख प्रतिक तिवारीले हस्ताक्षर गरेका हु ।

सम्झौता अनुसार सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउँनेछन् ।

बैंकले हाल ७४ वटा शाखा, ७० वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव ३ लाख ३५ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रखान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL