काठमाडौं । ग्लोबल आईएमई बैंक र कमर्सियल बैंक कतारबीच रेमिटान्स सम्झौता भएको छ ।
सम्झौता सँगै कमर्सियल बैंकको कतारमा रहेका ३० भन्दा बढि शाखाहरु मार्फत पठाएको रकम ग्लोबल आइएमई बैंकका सबै शाखा मार्फत प्राप्त गर्न सकिनेछ ।
कमर्सियल बैंक कतारबाट पठाएको रकम आईएमई बैकको १ सय २९ शाखा, ५ एक्सटेन्सन काउण्टर तथा ९० शाखा रहित बैंकिङ सेवा मार्फत रकम लिन सकिने बैंकले जानकारी दिएको छ ।
बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आई रहेको छ ।