Logo

मुक्तिनाथ विकास बैंक र एड्भान्स अटोमोबाइल्सबीच सम्झौता, सवारी खरिदमा ६५ प्रतिशत लगानी

मुक्तिनाथ विकास बैंक र एड्भान्स अटोमोबाइल्सबीच सम्झौता, सवारी खरिदमा ६५ प्रतिशत लगानी



काठमाडौं । मुक्तिनाथ विकास बैंक र एडभान्सड अटोमोबाइल्स ‘रेनल्ट’ बीच लगानी सम्झौता भएको छ ।

बैंक र रेनल्ट कम्पनीबीच सो ब्राण्डका विभिन्न मोडेलका सवारी साधनमा लगानी गर्न सम्झौता भएको हो ।

सम्झौता पत्रमा बैंकको प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र एडभान्स अटोमोबाइल्सका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार अटोमोबाइल्सले आयात गरी विक्री वितरण गर्ने रेनल्ट कम्पनीका सवारी साधन खरिद गर्न चाहनेलाई बैंकले खरिद मूल्यको ६५ प्रतिशत लगानी गर्ने छ ।

खरिदका लागि भने बैंकले आकर्षक व्याजदरमा कर्जा समेत प्रवाह गर्नेछ । साथै कर्जा लिने ग्राहकले अग्रिम रुपमा कर्जा भुक्तानी गर्दा बैंकबाट लिने कर्जा भुक्तानी शुल्क मिनाहा गर्ने भएको छ ।

यो सेवा बैंकको सबै शाखा मार्फत उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्