Logo

आइएमई जनरल र कुमारी बैंक बीच सम्झौता, शाखा मार्फत बीमा सेवा प्रदान

आइएमई जनरल र कुमारी बैंक बीच सम्झौता, शाखा मार्फत बीमा सेवा प्रदान



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र कुमारी बैंक बीच बैंकान्स्योरेन्स सेवा सम्झौता भएको छ ।

सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र कुमारी बैंकका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले हस्ताक्षर गरेको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकले कुमारी बैंकका शाखा मार्फत आइएमईले दिने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सकिनेछ ।

कार्यक्रममा आईएमईका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंक सँगको सम्झौताबाट कम्पनीको सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताएका छन ।

बैंकका ग्राहकले शाखा मार्फत सबै प्रकारका निर्जीवन बीमा सेवा प्राप्त सक्ने भएकाले ढुक्क भएर सेवा लिन समेत श्रेष्ठले आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्