काठमाडौं । आइएमई लिमिटेड र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालवीच सम्झौता भएको छ । सोमबार एक कार्यक्रमका बीच आइएमई प्रिभिलेज कार्ड वाहक सेवाग्राहीहरूले ग्राण्डी अस्पतालको सेवामा ७ दशमलव ५ प्रतिशत विशेष छुट पाउने गरी सम्झौता भएको हो ।
उक्त सुविधा अस्पताल भित्रको सेवामा मात्र लागु हुने कम्पनीले जानकारी दिएको छ ।
उक्त सेवा पश्चात आइएमईका ग्राहकहरुले ग्रान्डी अस्पतालमा चिकित्सकीय परामर्श लगायत विभिन्न १० प्रकारका ल्याब परिक्षण सेवाका लागि जम्मा १ हजार ५ सय रुपैयाँमा स्वास्थ्य परिक्षण प्याकेज प्राप्त गर्न सक्नेछन ।
सो सेवा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड अस्पतालको ओपीडी शाखामा देखाउनुपर्ने कम्पनीले बताएको छ ।
सम्झौता पत्रमा आइएमईका लोयल्टी कार्यक्रम प्रमुख प्रफुल्ल रिजाल र ग्राण्डी अस्पतालका बजार तथा व्यापार प्रवद्र्घन विभाग प्रमुख प्रतिक तिवारीले हस्ताक्षर गरेका हुन । उक्त सम्झौता असार ११ गतेदेखि एक वर्षसम्मका लागि लागु हुने पनि कम्पनीले जानकारी दिएको छ ।