Logo

अब मिसकल गरेरै लिनुहोस बैकिङ सेवा, यी हुन सनराइजले दिने सुविधा

अब मिसकल गरेरै लिनुहोस बैकिङ सेवा, यी हुन सनराइजले दिने सुविधा



काठमाडौं । सनराइज बैंकले मिसकल बैकिङ सेवा सुरु गरेको छ । बैंकले आफ्ना ग्राहकलाइ सरल, सुविधायुक्त सेवा पुर्याउने उद्देस्यले उक्त सेवा सुरु गरेको हो । उक्त सेवा अन्र्तगत ग्राहकले आफुलाई आवश्यक परेको बैंकिङ सुविधाहरु लिनको लागि बैंकले तोकेका नम्वरहरुका मिसकल गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

यसका साथै बैंकले १ सय बराबरको मोवाइल रिचार्ज टपअप, बैंकिङ कारोवारको जानकारी तथा बैंकले दिने सुविधाहरुको बारेमा पनि ग्राहकहरुले जानकारी पाउन सक्ने छन ।

बैंकले ९८५११४७२७३ मा मिसकल गरी आफ्नो खातामा रहेको मौज्दात को जानकारी पाउन सक्नेछन भने ९८५१११७२७२ मा मिसकल गरी १ सय रुपैयाँ बरावरको मोवाईलमा रिचार्ज (टपअप) गर्ने सुविधा प्राप्त गर्न सक्ने गरी प्रयोगमा ल्याएको छ । यसका साथै ९८५१११७२७५ मा मिसकल गरी खाताको अन्तिम ४ वटा कारोवारको जानकारी र ९८५११८७२७४ मा मिसकल गरी बैंकले प्रदान गर्ने विभिन्न सुविधाको बारेमा जानकारी लिन सकिने बैंकले जानकारी दिएको छ ।

उक्त सुविधा लिनको लागि बैंकका ग्राहकको मोबाइल नम्बर बैंकको मोबाइल बैंकिङ सेवामा रजिष्टर गरिएको हुनुपर्नेछ । स्मार्टफोन नभएका ग्राहकहरुले पनि यो सेवा लिन सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्