काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले एकैदिन ४ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले मंगलबार देशका विभिन्न स्थानमा आफ्ना नयाँ शाखा विस्तार गरेको हो ।
बैंकले सुनसरी जिल्लाको चतरा र झुम्कामा, मोरङ जिल्लाको रङगेलीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
यसका साथै बैंकले सोहि दिन झापाको चन्द्रागढीमा पनि शाखा विस्तार गरेको छ ।
उक्त शाखा कार्यालयहरुको उद्घाटन बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले गरेका हुन ।