Logo

सिटिजन्स बैंकको विराटनगर शाखा स्थानान्तरण, आफ्नै भवनमा बैंकिङ कारोबार

सिटिजन्स बैंकको विराटनगर शाखा स्थानान्तरण, आफ्नै भवनमा बैंकिङ कारोबार



काठमाडौं । सिटिजन्स बैंकले विराटनगरको आफ्नो कार्यालय स्थानान्तरण गरेको छ । बैंकले हाल रहेको कार्यालय भन्दा करिब ५ सय मिटर टाढा आफ्नै भवनमा कार्यालय सारेको हो ।

आइतबार एक कार्यक्रमका बीच रंगेली रोडमा कार्यालय सारिएको बैंकले जानकारी दिएको छ ।बैंकले हाल आफ्ना ७४ वटा शाखा, ७० वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट सेवा संचालन गरिरहेको छ । यसका साथै बैंकले मुलुक संघीय प्रणालीमा गएसंगै अब दुर्गम क्षेत्रमा पनि बैंकिङ सेवा संचालन गर्ने दावि गरेको छ ।

बैंकले अब आउने दिनमा प्युठानको झिमरुक, पूर्व रुकुमको भूमे, हुम्लाको नाम्खा, अछामको ढकारी, कैलालीको मोहन्याल लगायतका स्थानमा नयाँ शाखा संचालनमा ल्याउने जानकारी दिएको छ ।यसका साथै काठमाडौँको टोखा र थानकोटमा पनि यसै आवमा थप शाखा संचालन गर्ने योजना अगाडी सारेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL