महालक्ष्मी विकास बैंकले किसोर कुमार बडु को परिवारलाई ७ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
बैंकले शाखा कार्यालय तुलसीपुरमा कार्यरत किसोर कुमार बडुको गत चैत ११ गते मोटरसाइकल दुर्घटना परी निधन भएकाले परिवारलाई उक्त चेक गत बुधबार हस्तान्तरण गरेको हो ।
सोही अवसरमा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले पनि व्यक्तिगत २५ हजार रुपैयाँ सहयोग गरेको छ ।