Logo

राष्ट्रिय वाणिज्य बैकको शाखा भकुण्डेबेंसीमा, शाखा संख्या १९२

राष्ट्रिय वाणिज्य बैकको शाखा भकुण्डेबेंसीमा, शाखा संख्या १९२



काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध भकुण्डेबेंसीमा राष्ट्रिय वाणिज्य बैकले शाखा विस्तार गरेको छ ।

उक्त शाखाको उदघाटन गर्दै अर्थ मन्त्रालयका सचिव डा. राजन खनालले बैंकले आफ्ना सेवाहरु जनताको घरदैलोसम्म पुर्याउन सकेमात्र प्रतिस्पर्धामा आउन सकने बताएका छन ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले रावा वैकले नयाँ संभाव्य क्षेत्रहरुमा शाखा स्थापना गरि जनतालाई आधुनिक बैंकिङ सेवा दिन बैंक तयार रहेको बताएका छन ।

बैंकले ६९ जिल्लामा १ सय ९२ वटा शाखा कार्यालय, १ सय ३५ एटिएम र ९३ वटा शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

चालु आ.व.को तेस्रो त्रैयमास सम्म बैंकले १ खर्व ५३ अर्व रुपैयाँ निक्षेप संकलन गरी १ खर्व १२ अर्व रुपैयाँ कर्जा लगानी गरि ३ अर्व ८ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्