काठमाडौं । महालक्ष्मी बिकास बैंकको दार्चुलाको गोकुलेश्वर र बैतडीको पाटनमा शाखा विस्तार गरेको छ ।
बैंकको गोकुलेश्वर शाखाको शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमरसिंह धामी तथा पाटन शाखाको पाटन नगरपालिकाका नगर प्रमुख केशब बहादुर चंद ले उदघाटन गरेका छन ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले जनताको पहुँच बढाउन बैंकले शाखा विस्तारको क्रमलाई निरन्तरता दिने बताएका छन ।
बैंकले ७१ शाखा तथा ३५ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।
बैंकले चैत मसान्त सम्म २५ अर्ब ११ करोड रुपँैया निक्षेप संकलन गरी २१ अर्ब ७७ करोड रुपँैया कर्जा प्रवाह गरेको छ ।