Logo

सिटिजन्स बैंक र मेडिसिटी अस्पताल बीच सम्झौता, उपचारमा ७ प्रतिशत

सिटिजन्स बैंक र मेडिसिटी अस्पताल बीच सम्झौता, उपचारमा ७ प्रतिशत



काठमाडौं । सिटिजन्स बैंक र नेपाल मेडिसिटी अस्पताल बीच बुधबार सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका डेबिट÷क्रडिट कार्डवाहक ग्राहकले मेडिसिटी अस्पतालमा उपचार गराउँदा ७ प्रतिशत सम्म छुट पाउने भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र अस्पतालका तर्फबाट जनरल म्यानेजर विजय रिमालले हस्ताक्षर गरेका छन ।

बैंकले ७४ शाखा, ७० ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले निक्षेप तथा कर्जा सुविधा, रेमिटान्स सेवा, बैंकान्स्योरेन्स, सी आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड लगायतका सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL