काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा सुमन शर्माले कार्यभार सम्हालका छन् । यस अघि बैंक संचालक समितिले यस अघि सीईओ पदमा नियुक्त गरेका शर्माले आजदेखि कार्यभार सम्हालेका हुन् ।
बैंकिङ क्षेत्रमा २१ बर्षको अनुभव भएका शर्माले नेपाल एसबिआई बैंकबाट बैंकिङ्ग शुरु गरेका थिए । शर्माले एनएमबि बैंक र माछापुच्छ्रे बैंक हुँदै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । तर, शर्माले आजदेखि सीईओको रुपमा पुनः माच्छापुच्छ्रे बैंकको कमाण्ड सम्हालेका हुन् ।
नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका शर्माले भौतिक शास्त्र र अर्थशास्त्र विषयमा समेत स्नातकोत्तर गरेका छन । उनी कर्जा व्यवस्थापन र जोखिम व्यवस्थापनमा उत्कृष्ट मानिन्छन् ।