Logo

सिभिल बैंकको सामाजिक उत्तरदायित्व, विद्यालयलाई कम्प्युटर हस्तान्तरण

सिभिल बैंकको सामाजिक उत्तरदायित्व, विद्यालयलाई कम्प्युटर हस्तान्तरण



काठमाडौं । सिभिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ ।

बैंकले शिशु विद्याश्रम माध्यामिक विद्यालय, राईनास, लमजुङलाई ९ थान कम्प्युटर हस्तान्तरण गरेको छ ।

बैंकले एक कार्यक्रमको आयोजना गरी बैंकको प्रवन्धक दुर्गा राज पाण्डेले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर अधिकारीलाई उक्त कम्प्युटर हस्तान्तरण गरेको हो ।

गुणस्तरिय शिक्षा नै समृद्धिको आधार भएकाले विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL