Logo

गण्डकी विकास बैंकको ६ जना नयाँ संचालक चयन, लगानीकर्तालाई १९ प्रतिशत बोनस सेयर

गण्डकी विकास बैंकको ६ जना नयाँ संचालक चयन, लगानीकर्तालाई १९ प्रतिशत बोनस सेयर



काठमाडौं । गण्डकी विकास बैकले आगामी ४ बर्षका लागि ६ जना संचालक चयन गरेको छ । बैंकको १० औं बार्षिक साधारणसभाले निर्विरोध रुपमा ६ जना संचालक चयन गरेको हो ।

साधारणसभाले संस्थापक सेयरधनीहरुको तर्फबाट पद्यप्रसाद पौडेल, सुशिल गौचन र किशोर ओझालाई चयन गरेको छ भने सर्वसाधारण सेयर धनीहरुको तर्फबाट नारायणबहादुर बानिया, कृष्ण हादुर थापा क्षेत्री र वासुदेव त्रिपाठीलाई निर्विरोध चयन गरेको हो ।

साधारण सभाले संचालक समितिको आर्थिक बर्ष २०७३÷७४को बार्षिक प्रतिवेदन पास गरेको छ । सभाले आर्थिक वर्ष २०७३÷७४ सम्मको संचित मुनाफावाट कुल चुक्ता पूँजीको १९ दशमलब ३१ प्रतिशत वोनश सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरण पश्चात बैंकको कुल चूक्ता पूँजी २ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ ।

बैंकले आ.व. २०७४÷७५ को तेश्रो त्रैयमास सम्मा निक्षेप २० अर्ब ४३ करोड रुपैयाँ पुर्याएको छ भने कर्जातर्फ १८ अर्ब ३२ करोड रुपैयाँ पुर्याएको छ ।

बैंकले एबीबीएस सर्भिस, एटीएम, एसएमएस, सी आश्वा, आईपीएस, मोबाईल बैंकिङ, लकर सेवा, सुन धितोमा कर्जा, रेमिट्यान्स सेवा लगायतका सेवा प्रदान गर्दै आईरहेको छ । त्यसतै बैंकले न्यून आय भएका व्यक्तिलाई विपन्न वर्ग कर्जा तथा समुहमा आवद्घ व्यक्तिहरुका लागि लघु वित्त कर्जा पनि प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्