Logo

ग्लोबल आइएमई र ग्राण्डी हस्पिटल बीच सम्झौता, ग्लोबलका ग्राहकलाई उपचारमा साढे ७ प्रतिशत छुट

ग्लोबल आइएमई र ग्राण्डी हस्पिटल बीच सम्झौता, ग्लोबलका ग्राहकलाई उपचारमा साढे ७ प्रतिशत छुट



काठमाडौं । ग्लोबल आइएमई बैंक र ग्राण्डी ईन्टरनेशनल हस्पिटल बीच सम्झौता भएको छ । विहिबार अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

बैंकले हस्पिटलसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको जानकारी दिएको छ ।
उक्त सम्भौतापत्रमा ग्लोबल आइएमईका बैंकका बजार व्यवस्थापन र व्यवसाय प्रवद्र्धन विभाग प्रमुख गणेश अवस्थी र ग्राण्डी ईन्टरनेशनल हस्पिटलका बजार व्यवस्थापन एंव व्यवसाय विकास प्रमुख प्रतिक तिवारीले हस्ताक्षर गरेका हुन ।

उक्त सम्झौतापश्चात ग्राण्डी ईन्टरनेशनल हस्पिटलमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट÷क्रेडिट कार्ड लिएका बैैंकका ग्राहकले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा ७ दशमलव ५ प्रतिशत छुट पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL