Logo

सिटिजन्सले गर्यो विद्यालयलाई आर्थिक सहयोग, आर्थिक रूपले आत्मनिर्भर भएमात्र गुणस्तरीय शिक्षा

सिटिजन्सले गर्यो विद्यालयलाई आर्थिक सहयोग, आर्थिक रूपले आत्मनिर्भर भएमात्र गुणस्तरीय शिक्षा



काठमाडौं । सिटिजन्स बैंकले बालबिनोद माध्यमिक विद्यालयलाई २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बैंकको सामाजिक रुपान्तरण अन्तरगतनै विद्यालयलाई सो रकम हस्तान्तरण गरेको हो ।

बैंकको प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको उपस्थीतिमा बैंकका प्रमुख प्रशासकीय अधिकृत श्रीमती उमंग शर्माले विद्यालयका प्राचार्य माधव प्रसाद खतिवडालाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख भण्डारीले विद्यालयहरु आर्थिक रूपले आत्मनिर्भर भएमात्र गुणस्तरीय शिक्षा प्रदान गर्ने सकिने बताएका छन ।

संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति बैंकले विभिन्न कार्यक्रम संचालन गर्ने भण्डारीले बताएका छन ।

बैंकले ७४ शाखा, ६९ ए.टि.एम. र ९७ शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

साथै बैंकले निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बैकान्स्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा तथा कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL