Logo

सन् २०१८ मा विश्व अर्थतन्त्रमा ३ दशमलव १ प्रतिशतको सुधार, आगामी २ बर्ष घट्ने

सन् २०१८ मा विश्व अर्थतन्त्रमा ३ दशमलव १ प्रतिशतको सुधार, आगामी २ बर्ष घट्ने



काठमाडौंं । विश्व बैंकले सन् २०१८ मा विश्व अर्थतन्त्र ३ दशमलव १ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । बैंकले एक रिपोर्ट सार्वजनिक गर्दै यो बर्ष विश्व अर्थतन्त्रमा सुधार आउने प्रक्षेपण गरेको हो ।

तर, विश्व बैंकको प्रक्षेपण अनुसार आगामी २ बर्षमा भने विश्व अर्थतन्त्रको बृद्धिदरमा लगातार गिरावट आउने भएको छ । आगामी २ बर्ष अर्थतन्त्रमा घट्दो अर्थ व्यवस्था र आर्थिक पक्ष दुर्वल हूँदा अर्थ व्यवस्था खस्किने विश्व बैंकद्वारा जारी तथ्याङ्कमा उल्लेख छ ।

विश्व बैंकका प्रमुख जीम योङ कीमले मंगलबार एक कार्यक्रममा भने, ‘यदि २०१८ को अर्थतन्त्रमा दिगोपना ल्याउन सके विश्वका लाखौको संख्यामा रहेका गरीवी घटाउन सकिने छ ।’ साथै नीति निर्माताहरुले पनि यो लक्ष्यलाई पछ्याउन श्रम रोजगार र उत्पादनशिलतामा जोड दिनुपर्ने उनको भनाई थियो ।

उन्नत अर्थव्यबस्था भने अघिल्लो बर्षको तुलनामा यो बर्ष २ दशमलव २ प्रतिशतले बढ्ने सम्बद्ध देशका केन्द्रीय बैंकहरुले जानकारी दिएका छन् । केन्द्रीय बैंकहरुले बिस्तारै आफ्नो मैद्रिक प्रोत्साहन घटाएपछि यो बढ्ने अनुमान गरिएको

आर्थिक घाटाको मुख्य कारक तत्व प्राकृतिक प्रकोप : विश्व वैंक

प्रतिक्रिया दिनुहोस्
MBL