Logo

गरिमा विकास बैंकको दम्पति बचत खाता सञ्चालनमा, दम्पति बचत खातामा ९ प्रतिशत ब्याज

गरिमा विकास बैंकको दम्पति बचत खाता सञ्चालनमा, दम्पति बचत खातामा ९ प्रतिशत ब्याज



काठमाडौं । गरिमा विकास बैंकले ‘गरिमा दम्पति बचत खाता सञ्चालनमा ल्याएको छ ।

बैंकले ‘सर्वोच्च सम्पत्ति सुखी दम्पति’ भन्ने नाराका साथ गरिमा दम्पति बचत खाता सञ्चालनमा ल्याएको हो ।

प्रदेश नं. १ अन्तरगत झापा, मोरङ्ग र सुनसरी जिल्लाका विभिन्न स्थानमा स्थापित ८ वटा शाखा कार्यालयको औपचारिक उदघाटनको पूर्वसन्ध्यामा बैंकले ९ प्रतिशत व्याजदरको नयाँ खाता सञ्चालनमा ल्याएको हो ।

बुधबार झापाको मेची पुलबाट बैंकका अध्यक्ष चन्द्रकान्त बरालले उक्त खाताको सुरुवात गरेका हुन । उक्त खाता खोल्ने ग्राहकहरुले बार्षिक ९ प्रतिशत व्याज प्राप्त गर्नुका साथै एटीएम कार्ड, मोबाईल बैंकिङ सुविधा, सि–आश्वा सुविधा र एविविएस सुविधा समेत निःशुल्क रुपमा प्राप्त गर्नेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL