काठमाडौं । प्रभु बैंकले धनुषा र ईलाममा शाखा विस्तार गरेको छ ।
बैंकले ईलामको सन्दकपुर र धनुषाको मुखियापट्टी मुसहरमिया गाउँपालिकामा बुधबार शाखा विस्तार गरेको हो ।
ईलामको सन्दकपुर शाखाको सन्दकपुर गाउँपालिकाका प्रमुख उदयबहादुर राई तथा धनुषा शाखाको मुखियापट्टी मुसहरमिया गाउँपालिकाका अध्यक्ष मनोज यादवले एक कार्यक्रम बीच उदघाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।