Logo

स्याङजाको अर्जुनचौपारीमा राष्ट्रिय वाणिज्य बैकको शाखा, शाखा संख्या १९० पुग्यो

स्याङजाको अर्जुनचौपारीमा राष्ट्रिय वाणिज्य बैकको शाखा, शाखा संख्या १९० पुग्यो



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले स्याङजामा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । सोमबार बैंकले स्याङजाको अर्जुनचौपारी गाउंपालिकामा १ सय ९० औं शाखा संचालनमा ल्याएको हो ।

उक्त शाखाको संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले उद्घाटन गरेका हुन ।

सो उदघाटन कार्यक्रममा बोल्दै सचिव गुरुङले उक्त क्षेत्रमा १ सय २८ वटा ल्याण्डलाइन टेलिफोन सेवा वितरण गर्ने र मोवाइल सेवालाई थप भरपर्दो बनाउने विचार व्यक्त गरेका छन ।

यसका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले वैकले नयां संभाव्य क्षेत्रहरुमा शाखा स्थापना गरि दिगो आर्थिक बिकासको लागि वित्तिय पहुंच विस्तार गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्