काठमाडौं । सनराइज बैंकले ‘स्वास्थ्य बीमा सुविधा’ अन्तर्गत राजेन्द्र महर्जनलाई ८० हजार २ सय ५६ रुपैयाँ प्रदान गरेको छ ।
महर्जनलाई स्वास्थ्य उपचारको लागि बैंकका नायब महाप्रबन्धक रविन नेपालले उक्त रुपैयाँ सोमबार हस्तान्तरण गरेको हो ।
बैंकले स्वास्थ्य बीमा सुविधा अन्तर्गत देशभरका ७० भन्दा बढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउँदा ५ देखि २० प्रतिशत सम्म छुट प्रदान गर्दै आएको छ ।