काठमाडौं । ग्लोबल आइएमई बैंकले सोमबार तनहुँको भानु नगरपालिका २ फुस्रेटारमा एक्सटेन्सन काउण्टर सुरु गरेको छ ।
बैंकले सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको आवश्कतालाई मध्यनजर गर्दैे सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरि एक्सटेन्सन काउण्टर सुरु गरेको हो ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले १ सय २९ शाखा, १ सय ३१ एटिएम र ५ एक्सटेन्सन काउण्टर मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।
त्यसतै बैंकले १४ राजश्व संकलन काउण्टर र ८७ शाखा रहित बैंकिङ सेवा मार्फत सेवा दिईरहेको छ ।
बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतबाट प्रतिनिधि मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।
त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।