Logo

दार्चुलामा पुग्यो सनराईज बैंक, देशभर ८२ ओटा शाखा संजाल

दार्चुलामा पुग्यो सनराईज बैंक, देशभर ८२ ओटा शाखा संजाल



काठमाडौं । सनराइज बैंकले शुक्रबार दार्चुलाकोे मार्मामा आफ्नो ८२ औं शाखा बिस्तार गरेको छ ।

उक्त शाखाको दार्चुला जिल्ला विकास समन्वय समितिका सदस्य पार्वती सिंह र बैंकका कर्पोरेट बैकिङ बिभागका प्रमुख हरीप्रसाद आचार्यले संयुक्त रुपमा उदघाटन गरेका हुन् ।

बैंकले बचत खाताका ग्राहकहरुको लागि ‘स्वास्थ्य बीमा सुविधा’ समेत सुरु गरेको छ । उक्त बीमा अन्तर्गत ग्राहकले अस्पतालमा भर्ना भई उपचार गर्दा लागेको खर्च, खातामा कायम रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा १ लाख रुपैयाँ सम्मको खर्च सोधभर्ना प्रदान गर्नेछ ।

साथै बैंकले तोकेको ७० भन्दा बढि निजी अस्पतालहरुमा स्वास्थ परीक्षण गराउँदा ५ देखि २० प्रतिशत सम्म छुट उपलब्ध हुने व्यबस्था मिलाइएको छ ।

बैंकले बचत खातामा रहेको मौज्दातको ४ गुणा वा ५ लाख रुपैयाँ सम्मको दुर्घटना बीमा समेत प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL