काठमाडौं । जनता बैंकले रोल्पामा थप एक शाखा विस्तार गरेको छ ।
बैंकले रोल्पाको लिवाङ पछि, थवाङ गाउँपालिका वडा नं.२ मा थप शाखा विस्तार गरी सेवा सुरु गरेको हो ।
बैंकको उक्त शाखाबाट स्थानीय उद्यमी, व्यापारी तथा सर्वसाधारणले आधुनिक बैंकिङ सुविधा तथा रेमिट्यान्सको सुविधा लिन सक्नेछन ।
थवाङ शाखा सँगै बैंकको कुल शाखा संख्या ११७ पुगेको छ । बैंकले ४० शाखा रहित बैंकिङ, २ सिमित बैंकिङ ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गर्दै आईरहेको छ ।