Logo

सनराइज बैंकले खोल्यो कैलालीको चुरेमा नयाँ शाखा, सुन्दरीजलमा शाखारहित बैंकिङ सेवा

सनराइज बैंकले खोल्यो कैलालीको चुरेमा नयाँ शाखा, सुन्दरीजलमा शाखारहित बैंकिङ सेवा



काठमाडौं । सनराइज बैंकले कैलालीकोे चुरे गाउँपालिकामा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । विहिबार चुरे गाउँपालिकाका गाउँपालिका अध्यक्ष धन बहादुर रोक्का मगर र बैंकका कर्पोरेट बैकिङ बिभागका प्रमुख हरि प्रसाद आचार्यले संयुक्त रुपमा सो शाखाको उद्घाटन गरेका हुन ।

यसका साथै बैंकले सोहि दिन गोकर्णेश्वरको सुन्दरीजलमा शाखारहित बैंकिङ सेवा पनि सञ्चालनमा ल्याएको छ । बैंकका सो शाखारहित बैंकिङसहित सेवा संख्या २१ पुगेको जानकारी दिएको छ ।

बैंकले हालै बचतखाताका ग्राहकहरुको लागि ‘स्वास्थ्य बीमा सुविधा’ सुरु गरेको छ । उक्त बीमा अन्तर्गत सरकारी वा तोकिएको निजी अस्पतालहरुमा भर्ना भई उपचार गर्दा लागेको खर्च, बचत खातामा कायम रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा १ लाख सम्मको खर्च सोधभर्ना प्रदान गर्ने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL