Logo

जनता बैंकको सामाजिक उत्तरदायित्व, विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

जनता बैंकको सामाजिक उत्तरदायित्व, विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण



काठमाडौं । जनता बैंकले नवलपरासीको आदर्श माध्यमिक विद्यालयमा झोला तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

बैंकले उक्त विद्यालयका १ देखि ५ कक्षा सम्मका १ सय १४ जना विद्यार्थीहरुलाई बिहीबार उक्त सामग्री वितरण गरेको हो ।

रुपन्देही बैंकको देविनगर शाखाको इन्चार्ज मार्टिना चौधरीको नेतृत्वले विद्यार्थीहरुलाई हौसल्ला प्रदान गर्ने उद्देश्यले ति सामाग्री वितरण गरिएको हो ।

त्यसतै बैंकले दमकडा मा.वि. पाल्पामा खानेपानीको लागि सामाजिक उत्तरदायित्व कोषबाट २४ हजार रुपैयाँ प्रदान गरेको छ ।

७ सय १५ जना विद्यार्थी रहेको उक्त विद्यालयमा सो रकमबाट समर्सियल पम्पजडान गरी खानेपानीको ब्यवस्था गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्