काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले एक साथ ३ शाखा विस्तार गरेको छ ।
बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, दैलेखको नारायण नगरपालिका र दाङको घोराही नगरपालिका शहिदगेटमा शाखा विस्तार गरेको छ ।
बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले शाखाको उदघाटन गरेको जारी विज्ञप्तीमा उल्लेख छ ।
बैंकले काठमाडौं उपत्यकामा १२ शाखा र ६ वटा एक्स्टेन्सन काउन्टर मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।
त्यस्तै बैंकले काठमाडौं उपत्यका बाहिर ८२ शाखा ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।