Logo

थापाथलीमा खुल्यो इन्भेष्टमेण्ट बैंकको एक्स्टेन्सन काउन्टर, प्रसुती गृहका विरामीलाई सहज

थापाथलीमा खुल्यो इन्भेष्टमेण्ट बैंकको एक्स्टेन्सन काउन्टर, प्रसुती गृहका विरामीलाई सहज



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौंको थापाथली स्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा एक्स्टेन्सन काउन्टर खोलेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र अस्पतालका निर्देशक जागेश्वर गौतमले काउन्टरको संयुक्त उदघाटन सँगै बैंकको एक्स्टेन्सन काउन्टर संख्या ६ वटा पुगेको छ ।

अस्पतालको परिसरमा खोलिएको काउन्टरले अस्पतालको आर्थिक कारोबारमा सहयोग गर्नुका साथै अस्पतालमा आउने विरामीको उपचारका क्रममा टिकट काट्न पनि सहयोग गर्ने भएको छ ।

बैंकको ७० वटा शाखा तथा सय वटा एटिएम पुगेको छ भने ६३ वटा शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL