काठमाडौं । जनता बैंकले आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले आइतबार एक कार्यक्रमको आयोजना गर्दै चितवनस्थित राप्ती नगरपालिकाको भण्डारामा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
अन्य शाखाहरु जस्तै बैंकको सो शाखाबाट पनि स्थानिय सेवाग्राहीले आधुनिक बैंकिङ सेवा प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
उक्त शाखा सञ्चालन पश्चात चितवन जिल्लामा बैंकका ८ शाखा पुगेका छन, भने देशभरी १ सय १६ शाखा पुगेको बैंकले जनाएको छ ।