Logo

सनराइजले पायो ‘ए’ रेटिङ ईस्युवर, परिसुचक अझै सुधार्ने प्रतिवद्धता

सनराइजले पायो ‘ए’ रेटिङ ईस्युवर, परिसुचक अझै सुधार्ने प्रतिवद्धता



काठमाडौं । सनराइज बैंकले लिमिटेडले ‘ए’ ईस्युवर रेटिङ प्राप्त गरेको छ । केयर रेटिङ नेपालले शुक्रबार बैंंकलाई वित्तीय दायित्व निर्वाह गर्ने पर्याप्त क्षमता रहेको पाएपछि सो रेटिङ प्रदान गरेको हो ।

साथै यस्ता ‘ईस्यूवर रेटिङ’ रहेका वित्तीय संस्थाहरुमा न्यून जोखिम रहेको मानिन्छ । केयर रेटिङ नेपालका प्रमुख कार्यकारी अधिकृत साजन गोयलले बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलाई रेटिङ प्रदान गरिएको पत्र हस्तान्तरण गरेका हुन ।

बैंकले आगामी दिनहरुमा पनि आफ्ना परिसूचकहरु अझ सशक्त गर्दै लैजाने प्रतिबद्धता ब्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL