Logo

बाह्य पूँजी परिचालन गर्दै सानिमा बैंक, आईएफसीसँग गर्यो सम्झौता

बाह्य पूँजी परिचालन गर्दै सानिमा बैंक, आईएफसीसँग गर्यो सम्झौता



काठमाडौं । सानिमा बैंकले विश्व बैंक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी) सँग ऋण सम्झौता गरेको छ । बैंकले हालै एक कार्यक्रमा कर्जा सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेको हो ।

उक्त सम्झौता पत्रमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल र आइएफसीका आवासीय प्रतिनिधि मोहमद रेहान रसिदले हस्ताक्षर गरेका हुन् ।

सो सम्झौताबाट अन्तराष्ट्रिय बजारमा पहँुच भई भित्रिने बाहृय पूँजी, स्वदेशमा परिचालन गरी देशको उच्च आर्थिक वृद्धिमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

सानिमा बैंकको हाल ५८ शखा, १ एक्सटेन्सन काउन्टर र ६७ एटीएम रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL