Logo

ग्लोबल आइएमईको सामाजिक उत्तरदायित्व, २ विद्यालयलाई १० थान कम्प्युटर हस्तान्तरण

ग्लोबल आइएमईको सामाजिक उत्तरदायित्व, २ विद्यालयलाई १० थान कम्प्युटर हस्तान्तरण



काठमाडौं । ग्लोबल आइएमई बैंकले दुई विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ ।

बैंकले बुधबार एक कार्यक्रम गरी डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका २ स्थित भुवनेश्वर माध्यमिक विद्यालय र अमरगढी नगरपालिका ३ स्थित घटाल माध्यमिक विद्यालयलाई ५÷५ थान कम्प्युटर हस्तान्तरण गरेको हो ।

शैक्षिक विकासमा सहयोग पुर्याउने उद्देश्यले कम्प्युटर हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ ।

बैंकका सिनियर रिलेसनसिप म्यानेजर स्वेच्छा राणा तथा डडेलधुरा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीले विद्यालयलाई संयुक्त रुपमा कम्प्युटर हस्तान्तरण गरेको हो ।

बैंकले बुधबार देखी बैतडीको सुरेना गाउँपालिका ६, मोतीनगरमा आफ्नो ८५औँ शाखारहित बैकिङ सेवा समेत सुरु गरेको छ ।

बैंकले १ सय २९ शाखा, ४ एक्सटेन्सन काउण्टर, १ सय ३१ एटिएम, ८५ शाखारहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्