Logo

आयात बढेसँगै विदेशी विनिमय संचिती खस्कियो, साढे ९ महिनाको बस्तु तथा सेवा मात्र आयात गर्न सकिने

आयात बढेसँगै विदेशी विनिमय संचिती खस्कियो, साढे ९ महिनाको बस्तु तथा सेवा मात्र आयात गर्न सकिने



काठमाडौं । देशको विदेशी मुद्रा संचिती खस्किदै गएको छ । पछिल्लो समय नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विदेशी मुद्रा संचिती खस्किँदै १० खर्ब ६४ अर्ब रुपैयाँमा सिमिति भएको छ ।

विदेशी मुद्रा संचिती खस्किएसँगै नेपालको बस्तु तथा सेवा आयात गर्न सक्ने क्षमतामा समेत ह्रास आएको छ । सरकारले गत बर्षको असारमा करिव १७ महिनालाई पुग्ने वस्तु तथा सेवा आयात गर्न सक्ने क्षमता राख्दथ्यो । तर, अहिले सो क्षमतामा गिरावट आउँदै अब ९ दशमलव ७ महिनालाई धान्ने बस्तु तथा सेवा मात्र खरिद गर्न सक्ने राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामार्फत जानकारी दिएको छ ।

आयातमा भएको उच्च बृद्धिसँगै नेपालको वस्तु तथा सेवा खरिद गर्न सक्ने क्षमतामा गिरावट आएको छ । चालू आर्थिक बर्षको ९ महिनामा नेपालको आयात २० प्रतिशतले बढेको छ । सो अबधिमा नेपालले कुल ८ खर्ब ७६ अर्ब २९ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरिसकेको छ ।

सो अबधिमा पेट्रोलियम पदार्थ, अन्य मेशिनरी तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपूर्जा, सिमेन्ट, हटरोल सिटईन क्वाईल, लगायतका वस्तुको आयात बढेको छ ।

आयातमा भएको उच्च विस्तार तथा प्रत्यक्ष वैदेशिक लगानीको लाभांश वहिर्गमन बढेका कारण चालू आबमा शोधनान्तर घाटा समेत उच्च रुपमा बढेको छ । सो अबधिमा शोधनान्तर घाटा बढेर १४ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्