काठमाडौं । मुक्तिनाथ विकास बैंकले एकिकृत वातावरणीय विकास ‘आइडिइ’ नेपाल संग सम्झौता गरेको छ ।
बैंकले हालै कास्की, स्याङजा र पाल्पा जिल्लाका किसानलाई कृषि क्षेत्रमा लगानी विस्तारको लागि आइडिइ नेपाल संग सहकार्य गरेको हो ।
सो सम्झौता पत्रमा बैंकका कार्यकारी अधिकृत प्रद्द्युम्न पोख्रेल र आइडिइ नेपालका कन्ट्री डिरेक्टर ल्युक कोलाभिटोले सम्झोता गरेका हुन ।
बैंकसंगको सम्झौता पश्चात आइडिइ नेपालले सो क्षेत्रमा किसानहरुलाई प्राविधिक तालिमहरु प्रदान गर्ने र बैंकले कृषि लघु कर्जा उपलब्ध गराउने भएको हो ।