काठमाडौं । ग्लोबल आइएमई बैंकले कैलाली जिल्लामा पनि आफ्नो शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ ।
बैंकले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै कैलालीको जानकी गाउपालिकास्थित मुनुवामा सो सेवा संचालनमा ल्याएको हो ।
सो सेवाको लागि स्थानिय अनुप कुमार रावतलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको बैंकले जानकारी दिएको छ ।
सो सेवाको उद्घाटनपश्चात बैंकको शाखारहित बैंकिङ सेवा संख्या ८४ पुगेको छ ।