काठमाडौं । एनआईसी एशिया बैंकले सिराहाको भोक्राहामा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ ।
बैंकले जिल्लाको कल्याणपुर नगरपालिका भोक्राहामा आईतबार देखी ८ औं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो ।
उक्त बैंकिङ सेवाको प्रदेश नं. २ का प्रदेश सभा सदस्य सुरेश कुमार मण्डल र नगरपालिकाका मेयर सुर्यनाथ मण्डलले संयुक्त उदघाटन गरेको हो । सोही अवसरमा बैंकले प्रतिनिधिको रुपमा मतिबुल राईनलाई नियुक्त गरेको छ ।
बैंकले २ सय १६ शाखा कार्यालय, २ सय ३ एटिएम, ७ वटा एक्स्टेन्सन काउण्टर तथा ८ वटा शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।
बैंकको वासलातको आकार १ अर्ब ५९ करोड रुपैयाँ भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब १ अर्ब १० करोड रुपैयाँ पुगेको छ ।बैंकको कुल निक्षेप भने १ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।